KALIKATIMES.COM

छिपहरमाईकाे वडा नं. २ सम्भौता पूर्ण खोप घोषणा

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा न‌ं. २ सम्भौता आज पुर्ण खोप वडा घोषणा भएको छ । वडामा रहेका दुई वर्ष मुनीका ३ सय १० वटा बालबालिकाहरुलाई पुर्ण खोप लगाईसकेकाले पुर्ण खोप वडा घोषणा गरिएको जनाइएकाे छ ।

स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित्ता हाम्रो प्रतिवद्धताको नारा साथ सम्भौतामा भएकाे समाराेहका बिच वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हाे ।

कार्यक्रमका प्रमुख अतिथी छिपहरमाई गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत देवनाथ साहले खोपको बारेमा विषेशगरी १३ देखि २३ महिनाको बालबालिकाहरुले पुर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुदा सब भन्दा पिडित आमा नै हुने गरेकोले महिलाहरुले यस तर्फ चनाखो हुन जरुरी रहेको बताए । उनले स्वास्थ्यकर्मीहरुको अहमभुमिका रहेकोले पैसाको साथै कर्तव्य समेत पालना गर्न जरुरी रहेकोले स्वास्थ्य कर्मीहरुलाई ईमनदारी पुर्वक जिम्मेवारी पुरा गर्न आग्रह गरे।

अधिकृत साहले छिपहरमाई गाउँपालिकालाई एक हप्ता भित्र पुर्ण खोप घोषणा गरिने वताउदै चथौ वडाकाे रुपमा वडा नं. २ पुर्ण खोप घोषणा भएकाे र छिटै बाकी रहेको वडा पूर्ण खोप घोषणा गरिने बताए ।

वडाध्यक्ष महेन्द्र साह कलवारको अध्यक्षतामा समपन भएकाे कार्यक्रममा वडाध्यक्ष  बिनोद साह कानु, मौजीलाल साह, जिल्ला समन्वय समिति पर्साका सदस्य सुबास साह, पूर्व गाबिस अध्यक्ष पहलाद गुप्ता, कमल दास तत्वा, गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, स्वास्थ्य चौकी सम्भौताका प्रमुख श्यामबाबु प्रसाद यादव, अनमी मिरा चौरसिया, जयमंगलापुर स्वास्थ्य चौकीको प्रमुख मुन्ना कुमार साह लगायत महिला स्वमसेबिका र स्वास्थ्य कर्मी र स्थानियहरुको सहभागिता रहेको थियोे।

स्वास्थ्य चाैकी सम्भाैताकाे प्राङ्गणमा भएकाे कार्यक्रममा पूर्ण खोप घोषणा गराउनमा सहयोग पुर्‍याउने महिला स्वास्थ्य स्वमसेबिका र स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएकाे थियोे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बाराबाट २१६ किलो लागू औषध गाँजासहित ट्रक र दुई जना पक्राउ

कालिका टाईम्स

पटेर्वा सुगाैलीकाे रंगपुरमा आधुनिक बजार बन्ने, पालिका प्रमुखले गरे शिलान्यास

कालिका टाईम्स

धाेबिनीकाे जगरनाथपुरमा आगलागी, ४ वटा घर जल्याे

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:197. Generation time:3.353 sec. Memory consumption:72.34 mb
Send this to a friend