KALIKATIMES.COM

वीरगंजमा विश्व विद्यालय बनाउन पुन: माग

वीरगंज । वीरगंजमा विश्व विद्यालय बनाउनु पर्ने माग फेरी उठेकाे छ । केही समेय पहिला उठेकाे माग सेलाइसके पछि फेरी एक व्यक्तिले उठाएका छन् ।

देश प्रमी भनिने विरेन्द्र भगत कुशवाहाले आइतबार पत्रकार सम्मेलन गर्दै वीरगंजमा विश्व विद्यालय बनाउनु पर्ने माग गरे । उनका अनुसार प्रदेश २ काे राजधानी जनकपुर भए पछि विश्व विद्यालय वीरगंजमा बनाउनु पर्छ ।

वीरगंज मुर्ली स्थित नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा आयाेजित पत्रकार सम्मेलनमा उनले भने “वीरगंजमा विश्व विद्यालय बनाउने कुरा जनकपुर भन्दा पहिला देखी नै उठेका कारण वीरगंजमा बनाउनु पर्छ । राजधानी र विश्व विद्यालय दुबै जनकपुरमा हुनु हुदैन् ।”

यसका साथै उनले वीरगंज देखी काठमाण्डाै सम्म मेट्राे ट्रेन चल्नु पर्ने र शिक्षा पेशामा महिलाकाे ५० प्रतिशत आरक्षणकाे व्यवस्था हुनु पर्ने माग गरे । सरकारले माग पुरा नगरे आन्दाेलन गर्ने उनकाे चेतावनी थियाे । उनले २० दिन भित्र सरकारले माग पुरा नगरे आफुले हजराैं महिला र पुरुष वीरगंज स्थित सडकमा उत्राने चेतावनी दिए ।

यस अघि २०७४ सालमा पनि वीरगंजमा विश्व विद्यालय बनाउनु पर्ने माग उठेकाे थियाे । त्यसकाे लागि एउटा समिति पनि गठन भएकाे थियाे । जुन समितिले विश्व विद्यालयका लागि चन्दा समेत संकलन गरेकाे थियाे ।

हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका निर्देशक भगवान यादवकाे संयाेजक रहेकाे समितिले कराेड रुपया भन्दा बढी संकलन समेत गरेकाे थियाे । तर केही समय पछि विश्व विद्यालयकाे कुरा विस्तार सेलाउदै गयाे । त्यस पछि कुनै राजनितिक दल अथवा अन्य कुनै व्यक्ति हाल सम्म विश्व विद्यालयकाे विषयमा वाेलेका थिएनन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंज महानगरद्वारा एक्सेल कलेजमा सिलबन्दी

कालिका टाईम्स

चिट चाेर्न नपाएपछि एनआईका विद्यार्थीहरुद्वारा हरिखेतानमा ताेडफाेड

कालिका टाईम्स

इप्रका पाेखरियाद्वारा टिनडाेवियामा छापा, लागुऔषध चरेशसहित कुर्मी पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:197. Generation time:3.137 sec. Memory consumption:72.34 mb
Send this to a friend