KALIKATIMES.COM

बार्षिकोत्सवकाे अवसरमा स्वास्थ्य शिविर

sawastha sibir_kalikatimes

वीरगंज । आशा किरण केन्द्र बिरगजको वार्षिकोत्सबको अवसरमा सुस्त मनिस्थिति, मस्तिष्क पक्षघात जस्ता बालबालिकाहरुका लागि आयाेजित नि:शुल्क स्वास्थ परिक्षण शिविर सम्पन्न भएकाे छ ।

स्वास्थ्य परिक्षण शिविरमा काठमाडौंका डाक्टर प्रज्ञा कर्मचार्या, मनोज शाह, बिनेस शाक्यको टोलिले आज पहिलो दिन मस्तिष्क पक्षघात भएका करिव ४४ जना बालबालिकाहरुको पहिचान गरेका छन । शिविरमा बाल विशेषज्ञ डा. अशोक दास, डा.सन्जय अग्रवाल, हाइटेक डेण्टलका राजेस स्वर्णकार एवं माट्रिका आइफाउण्डेसनका डाक्टरहरुबाट समेत करिब ११५ जना बालबालिकाहरुकाे स्वास्थ्य परिक्षण गरिएको थियाे ।

केन्द्रका अध्यक्ष पृथ्वीराज भन्डारिको सभापतित्वमा संचालन गरिएकाे शिविर ब्यवस्थापनका सम्पुर्ण कार्य संस्थाका संस्थापक सुनिल गुप्ता, महासचिव ममता राजकर्निकारले गरेका थिए । बालबालिकाहरुलाई शिविरमा स्वयंसेवकको रुपमा नुतन सरावगी, अनिसकात कुश्वाहा, बिनय गुप्ता, रजनी बर्मा, सिन्धु कुश्वाहा, पुजा चौधरी, अनिल चौधरी, श्याम सरार्फ, कमलेस कुश्वाहा, अन्जली गर्ग लगायत स्वास्थ्यकर्मिहरुले सहयोग गरेका थिए ।

शिविरको प्रशंसा नेपाल नेत्र ज्योती संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, रेडक्र्स पर्साका उपसभापति श्रीमती मधुराणाले गर्दै शुभकामना दिनु भएको थियोे । स्वास्थ्य शिविर १२ र १३ गते दुई दिन सिद्धार्थ मा.बि. श्रीपुरमा रहेका आशा किरण केन्द्रको कार्यालयमा संचालन हुनेछ भने बार्षिक कार्यक्रम भोलि १३ गते स्वास्थ्य शिविर पछि संचालन हुने सचिव एवं स्वयंसेवक राजन श्रीवास्तवले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:192. Generation time:2.750 sec. Memory consumption:72.04 mb
Send this to a friend