KALIKATIMES.COM

वीरगंज मेलामा नि:शुल्क स्वास्थ शिविर एवं प्रसाद बितरण

वीरगंज । नेपाल सोनार समाज पर्सा, नेपाल सोनार युवा समाज पर्सा तथा सोनार कालीगढ संघले वीरगन्जको प्रसिद्ध गहवा माईको मेलामा अष्टमीको दिन निशुल्क स्वास्थ शिविर एवं प्रसाद बितरण गरेको छ ।

निरज ईन्टरप्राईजेजको अगाडी राखिएको शिवीरमा स्वजातीय चिकित्सकहरूको समुहद्वारा विभीन्न किसीमको रोगहरू निःशुल्क परीक्षण गर्नुको साथै औषधि पनि बितरण भएको सोनार युवा समाज पर्साका संयोजक श्याम सरार्फले वताए ।

सोनारहरू सुनचांदीको काम र पैसा कमाउने सोच मात्रै रहेको आम बुझाईलाई चिर्न समाजको हरेक सकारात्मक गतिविधिमा सहभागी हुने सोचका साथ शिविर आयोजना गरीएको सोनार समाज पर्साका स.सचिव प्रवेश कुमार सरार्फले बताए ।

निस्वार्थ तथा नि:शुल्क गरिएको शिवीरमा निरज कुमार सरार्फ, भुलन सरार्फ, प्रमोद सरार्फ, ओमप्रकाश सर्राफ, जलेश्वर सरार्फ, दयाशकंर सरार्फ, किशन सर्राफ, उजज्वल सरार्फ लगायत युवा समाजको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.818 sec. Memory consumption:72.04 mb
Send this to a friend