KALIKATIMES.COM

लैङ्गिक हिंसा दुव्र्यवहार छैन हामीलाई स्वीकार भन्दै किशोरीरुले गरे वक्तृत्वकला

पर्सा, ११ मंसिर ।
वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्सामा महिला हिंसा विषयक अन्तर संवाद केन्द्र स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । किशोरी सशक्तिकरणको लागि किशोरी संवाद कार्यक्रम अन्तर्गत लैंगिक हिंसा र दुव्र्यवहार हामीलाई छैन सुविकार मुल नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

श्री ने.रा. अधारभुत विद्यालय, लालपर्सामा भएको वक्तृत्वकला प्रतियोगितामा समझना किशोरी संवाद केन्द्रकी प्रिती कुमारी यादव प्रथम, लालीगुराश किशोरी संवाद केन्द्रकी निकिता कुमारी गुप्ता द्वितिय र जानकी किशोरी संवाद केन्द्रकी संध्या गौरो तृतिय भएका छन ।

यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत गित तर्फ समझना केन्द्रकी हजारा खातुन, नृत्य तर्फ किशोरी संवाद केन्द्रकी अंगिता गौरो, आशिका गौरो र चुटकिलामा सगरमाथा केन्द्रकी धनमान्ती कुमारी पासवानलाई पुरस्कृत गरिएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले वताए ।

विद्यालयका प्र.अ. रामाधार साहको अध्यक्षतामा र वडा अध्यक्ष अमानत अंसारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख अनिशकांथ कुशवाहा, शिक्षक विनोद चौहान लगायतकाको सहभागिता रहेको थियो । यस्तै वीरगंज महानगरपालिकाको वडा नं. २९ मा पनि महिला हिंसा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

श्री ने.रा.प्रा.वि. मुसैलीमा भएको प्रतियोगितामा दुर्गा संवाद केन्द्रकी अपसना खातुन प्रथम, बिशमिला संवाद केन्द्रकी तहरिमा खातुन द्वितिय र इशलाम संवाद केन्द्रकी नैमुन खातुन तृतिय भएका छन ।

भगवान महतोको अध्यक्षतामा र वडा अध्यक्ष धर्मेन्द्र महतो थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्या वुद्धिया देवी, वडा सचिव शेर महमद अंसारी, संवाद अधिकृत प्रकाश पाण्डे, चन्द्रमा ढकाल, तारा खातुन, रेनु देवी, रामनाथ पटेल लगायतकाको सहभागिता रहेको थियो । १६ दिन सम्म पर्साका ८ वटा संवाद केन्द्रमा विभिन्न अभियान सुरु गरिएको संवाद अधिकृत पाण्डेले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.725 sec. Memory consumption:72.42 mb
Send this to a friend