KALIKATIMES.COM

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

सर्लाही, १३ कात्तिक । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए ।

यस अघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एक अधिकारीले बताए ।

अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ ।

स्रोतका अनुसार हाल त्यहाँ २ सय बढी सुरक्षाकर्मी खटिएका छन् । यद्यपि, हालसम्म गोली चलाउने व्यक्तिको पहिचान भएको छैन । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् । अनलाइनखबर

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंज महानगरद्वारा होटलहरुमा अनुगमन

कालिका टाईम्स

वीरगंजमा भइरहेकाे अघाेषित लाेडसेडिङ हटाउन रास्वपाकाे माग, नहटाए आन्दाेलन गर्ने

कालिका टाईम्स

नारायणी अस्पतालका दैनिक ज्यालादारीका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.232 sec. Memory consumption:72.04 mb
Send this to a friend