12 May 2025
KALIKATIMES.COM

पर्साको विभिन्न पालिकामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

वीरगंज । प्रतिनिधिसभा विघटनको बिरोधमा शुक्रबार जनता समाजवादी पार्टीले वीरगंजसहित पर्साको विभिन्न ठाउँमा बिरोध प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको छ ।

संसद विघटनको बिरोधमा देशभर आज बिरोध गर्ने जसपाको केन्द्रिय निर्णय अनुसार आज पर्साको धोबिनी र पकहामैनपुर गाउपालिकामा प्रधानमंत्री केपीओलीको पुतलादहन गर्दै बिरोध प्रदर्शन भएको छ ।

असम्बैधानि कदम अबिलम्ब सच्चाउ, संसद पुर्नस्थापना गर्न, जसपा जिन्दाबाद जस्ता नारा घन्काउदै धोबिनी गाउपालिकामा जसपा केन्द्रिय सदस्य पपु पटेल र पकहामैनपुरमा राष्ट्रिय परिषद सदस्य शिवजी सोनीको अगुवामा निस्केको जुलुस गाउपालिकाको कार्यालमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा प्रधानमंत्रीको पुतलादहन गर्दै असम्बैधानि कदम सच्चाउन धोबीनीमा केन्द्रिय सदस्य पप्पु पटेलले आग्रह गर्नु भयो ।
यसैगरी पकहामैनपुरको कोणसभामा संबोद्धन गर्दै शिवजी सोनीले संसल पुर्नस्थापना गरी देशलाई बिसंगतीबाट जोगाउन आग्रह गर्नु भयो ।

सभामा उपाध्यक्ष कुशुमी देवी, गाउपालिका संयोजक रामबाबु चौरसिया, नवलकिशोर पटेल लगायतकाले मन्तब्य राखेका थिए ।

त्यसतै सखुवा प्रसौनी गाउँपालिकामा पनि प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरी संसद विघट बिरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनमा गाउँपालिका अध्यक्ष प्रदिप जैसवाल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.365 sec. Memory consumption:82.49 mb