42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनी पनि सेमिफाइनल प्रबेश, अब पाेखरियासंग खेल्ने

वीरगंज । पाेखरियामा जारी टि२० क्रिकेट टुर्नामेन्ट प्रतियाेगिताकाे सेमिफाइनलमा सखुवा प्रसाैनी गाउँपालिका प्रबेश गरेकाे छ ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा पाेखरियाकाे शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिताकाे बिहिबार भएकाे खेलमा जगरनाथपुर गाउँपालिकालाई हराउदै सखुवा प्रसाैनी गाउँपालिका विजयी भएकाे हाे । 

सुरुमा टस जितेर ब्याटिङ गरेकाे सखुवा प्रसाैनीले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा एक सय ९२ रन बनाएकाे थियाे । त्यसपछि एक सय ९३ रनकाे लक्ष्य पुरा गर्न जवाफी ब्याटिङमा उत्रेकाे जगरनाथपुरले १४ ओभर ५ बल खेल्दै पुरै विकेटकाे नाेक्सानीमा एक सय रन मै समेटिएपछि सखुवा प्रसाैनी विजयी भएकाे थियाे ।

खेलकाे म्यान अफ द म्याच ३५ बलमा ६२ रन बनाएका सखुवा प्रसाैनीका युवराज साह घाेषित भएका थिए ।

अब यस अघि विजयी भएका पाेखरिया नगरपालिका र सखुवा प्रसाैनी बिच शनिबार खेल हुने आयाेजक पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले वताए । दुबै मध्ये विजयी हुने टिमले प्रतियाेगिताकाे फाइनल प्रबेश गर्ने उनले जानकारी दिए ।

बिहिबारकाे खेलमा विजयी टिम सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल पनि सहभागि भएका थिए ।

शुक्रबार बहुदरमाई नगरपालिका र विन्दवासिनी गाउँपालिका बिच खेल हुने छ । प्रतियाेगिताकाे बिजेता हुने टिमलाई रु ८१ हजार र उप विजेतालाई रु ४१ हजार पुरस्कारी प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:216. Generation time:3.312 sec. Memory consumption:82.55 mb