35.7 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य सुरु, कांग्रेस र जसपासंग परामर्श गर्र्दै नेकपा

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । प्रतिनिधिसभामा १३८ सांसद बहुमत हुनेछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ९० सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।

यसमध्ये ८७ सांसदले सर्वोच्चमा रीट दायर गर्ने तयारी भएको थियो । तर, प्रतिनिधिसभाकै बहुमत सांसद पुर्‍याउन गृहकार्य भएपछि नेकपा सांसदहरुको मात्रै रिट बुझाउने कार्य रोकिएको छ ।

त्यसका लागि प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग नेकपाले परामर्श गर्दैछ । हिजै काँग्रेस र जसपाका नेताहरुसँग नेकपाका नेताहरुले छलफल गरेका थिए । आज पनि यो तीन पार्टीको बैठक बस्दैछ ।

‘संसदकै बहुमत पुर्‍याएर रीट दर्ता गर्ने तयारी भएपछि आज सर्वोच्च जाने संभावना कम छ । अब बहुमत सांसदहरु सर्वोच्च जान्छौं’, केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

अर्थविद् डा. मनोज सरार्फ जनमत पार्टीमा प्रवेश

न्युज डेस्क

अनेरास्ववियु वीरगञ्ज महानगरको दोस्रो अधिवेशन सम्पन्न, आशिफ अहमदको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन

न्युज डेस्क
SQL requests:217. Generation time:4.937 sec. Memory consumption:82.83 mb