30.6 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

कालिकामाईका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित

वीरगंज। पर्साको कालिकामाई गाउपालिका वडा नम्बर १ मुडलीका कृषकहरु तरकारी खेती तर्फ उन्मुख भएका छन । बिगत एक दशक अगाडी गाजा र अफिम खेती तर्फ आकर्र्षीत रहेका कृषकहरुले गाजा र अफिम खेतीको बैकल्पिक खेतीको रुपमा तरकारी खेती तर्फ आकर्षण बढाएका छन ।

स्थानिय कृषक सुरेन्द्र कुश्वाहाका अनुसार गाजा र अफिम खेतीमा मल पनि दोब्बर तेब्बर लाग्ने, रिक्स पनि त्यतिकै रहने, र बिक्री गर्न पनि भारतीय ब्यापारीको मुख हेर्ने टेन्सनबाट अब हामी मुक्त भएका छौ ।

एक कटठामा लगभग २ लाखको कोभि बिक्री गरिसकेको कुश्वाहाले बताए । अब कोभि पछि पुन प्याज र खुर्सानी तथा टामाटारको खेती गरी झन २ लाख कमाउन सक्ने बताए ।

एक कटठामा ५० हजार देखी एक लाख भन्दा बढीको अबैध गाजा र अफिम नहुने भएकोले त्यो रिक्स लिनु भन्दा तरकारी खेती नै उतम रहेको कुश्वाहाले बताए ।

कुश्वाहाका अनुसार हामा्रे कालिकामाई गाउपालिका देखी जिल्लाका अन्य गाउबाट पनि तरकारी खरिद गर्न दर्जनौ तरकारी ब्यपारी आउने गरेका छन । त्यती मात्र होईन , छिमेकी देश भारतको ईनार्व, मैनाटाड र सिक्टाबाट पनि ब्यापारीहरु तरकारी खरिद गरी भारतीय बजारमा बिक्री गर्ने गरेको बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:214. Generation time:6.684 sec. Memory consumption:82.5 mb