वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुका केन्द्रिय सदस्य जुबैर आलमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर दुस्साहस गरेको बताएका छन् ।
पाँच वर्षका लागि जनताले दिएको जनादेश कुल्चेर संसद विघटन गर्ने प्रस्ताव ल्याउनु संविधान विपरितको काम भएको भन्दै आलमले प्रधानमन्त्री ओलीकाे कडा आलाेचना गरेका हुन् । उनले जनताले दिएकाेबहुमतकाे अपमान गर्दै ओलीले देश र जनतालाई धोका दिएको प्रतिक्रिया जनाएका छन् ।
कालिका टाइम्ससंग कुरा गर्दै केन्द्रिय सदस्य आलमले भने “धेरै विकल्प हुदा हुदै पनि ओलीले समस्या समाधान नखाेजेर, उल्टै भाग्ने दुस्साहस गरे, जुन कम्युनिष्ट आन्दोलन र देश तथा जनताका लागि सरासर धोका हो ।”
उनले प्रधानमन्त्रीको कदमको चौतर्फी प्रतिरोध हुनुपर्ने बताए । जनादेश कुल्चिने अधिकार कसैलाई पनि नभएको भन्दै ओलीले दिएको धोकाको प्रतिवाद नेपाली जनताले गर्ने आलमले दाबी गरे ।