वीरगञ्ज । संघीय संसद विघटनकाे विरुद्धमा देशभर विरोध प्रदर्शन सुरु भएकाे छ ।
सोही क्रममा बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा नेकपाका नेता तथा कार्यकर्ताहरुले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्यादेवी भण्डारीको विरोधमा टायर बालेर प्रदर्शन गरेका छन् ।
नेकपा जिल्ला कमिटी सदस्य ध्रुव यादवसहितका नेता तथा कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु चक्राे नाराबाजीसमेत गरेका थिए ।
संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका बाराका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस