35.7 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

पकहा मैनपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

वीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिकामा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ३ स्थित पकाहा मैनपुरको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा शिविर सम्पन्न भएको हो ।

शिविरकाे उद्घाटन स्थानिय समाजसेवी हृदयनारायण कुशवाहाले गरेका थिए । शिविरको उद्घाटन गर्दै कुशवाहाले नि:शुल्क आँखा शिविरले लामो समयदेखि दृष्टि सम्बन्धि समस्यासँग लडिरहेका गाउँपालिकावासीलाई धेरै सहयोग मिलेको बताए ।

उनले आँखा शिविरबाट मोतिबिन्दु पता लागेको सम्पूर्ण व्यक्तिको किरण आँखा अस्पतालमा शल्यक्रिया हुने बताउँदै आगामी दिनमा गाउँपालिकाका अन्य वडाहरुमा समेत शिविरको आयोजना गरिने जानकारी दिए ।

शिविरमा १ सय ४० जनाको आँखा जाँचले गराएका थिए । जसमध्ये ५० जनामा मोतिबिन्दुको समस्या पता लागेको अस्पतालको दृष्टि बिशेषज्ञ डाक्टर मनोरञ्जन यादवले बताए । मोतिबिन्दु पता लागेकाहरुको सोमबार र मंगलबार किरण आँखा अस्पताल वीरगञ्जमा शल्यक्रिया गरिने डाक्टर यादवले बताए । 

शिविर उद्घाटन समाराेहमा स्थानिय रुपेश कुमार, दिप नारायण ठाकुर, गौरी शंकर साह, जगुल सहनी, शत्रुधन पटेल, राकेश कुशवाहा, राजेश चौधरी, रामबाबु चौरसिया लगायतकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:218. Generation time:5.763 sec. Memory consumption:82.78 mb