12 May 2025
KALIKATIMES.COM

पाेखरियामा पालिका स्तरिय क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता सुरु

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा पालिका स्तरिय क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता शुक्रबारदेखी सुरु भएकाे छ ।

पाेखरियास्थित शेरा फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे एक कार्यक्रमकाे बिच पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले उद्घाटन गरेका थिए । प्रतियाेगिताकाे उद्घाटन गर्दै मेयर राैनियारले भाैतिक विकाससंग संगै खेलकाे विकास पनि जरुरी रहेकाे वताए । 

पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाकाे अध्यक्षतामा भएकाे प्रतियाेगिता उद्घाटन समाराेहमा वडाध्यद्वय नन्दलाल पटेल, सुरेन्द्र यादव, जसपाका नेता नेजामुदिन सम्मानी, शंकर प्रसाद अहिर, विन्दाचल ठाकुर लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

पाेखरिया युवा समाजका दिनेश मिश्राले स्वागत मन्तव्य राखेकाे उद्घाटन कार्यक्रमकाे संचालन युवा समाजका सुजित गिरीले गरेका थिए ।

उद्घाटन खेलमा आयाेजक पाेखरिया विजयी

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा पाेखरिया नगरपालिका विजयी भएकाे छ । जगरनाथपुर गाउँपालिकालाई ७४ रनले हराउदै पाेखरिया नगरपालिकाकाे बाबा ११ क्रिकेट टिम विजयी भएकाे हाे ।

टच जितेर बैटीङ्ग राेजेकाे पाेखरियाले पुरै २० ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा एक सय ५७ रन बनाउन सफल भएकाे थियाे ।

त्यसपछि एक सय ५८ रनकाे लक्ष्य पुरा गर्न जवाफी बैटिङ्गमा उत्रेकाे जगरनाथपुरले १६ ओभर खेल्दै पुरै विकेटकाे नाेक्सानीमा ८७ रन मै समेटिए पछि पाेखरिया विजयी भएकाे आयाेजक पाेखरिया युवा समाजका अध्यक्ष तात्वले वताए ।

शुक्रबार भएकाे पहिलाे दिनकाे खेलकाे म्यान अफ द म्याच ३४ रन बनाएका र २ विकेट लिएका पाेखिरयाका सेराजुल हवारी घाेषित भएका उनले जानकारी गराए ।

१५ दिन सम्म चल्ने प्रतियाेगिताकाे विजेता टिमलाई रु ८१ हजार र उप विजेता टिमलाई रु ४१ हजार पुरस्कार राशी प्रदान गरिने आयाेजकले जनाएकाे छ । प्रतियाेगितामा ८ वटा पालिका स्तरिय टिमकाे सहभागिता रहने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स
SQL requests:218. Generation time:6.135 sec. Memory consumption:82.79 mb