27.1 C
Birgunj
24 May 2025
KALIKATIMES.COM

सामाजिक विकृति बिरुद्ध किशोरीहरु

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २९ मा रहेको एकता किशोरी संवाद संजालको पुर्नगठन भएको छ ।

किशाेरीहरुकाे एक भेलाले छठि कुमारी मण्डलकाे संयाेजकत्वकमा १७ सदस्यिय संजाल पुर्नगठन भएकाे छ । जुन संजालकाे सह संयाेजकमा अनिसा गुप्ता, सचिवमा पिंकी चौधरी, सह सचिवमा अफ्रिमा खातुन, कोषाध्यक्षमा ईन्दु गुप्ता चयन भएका छन्।

नवगठित संजालका पदाधिकारीहरुले आफुहरु अझ बढि जिम्मेवार हुदै समुदायमा व्याप्त विकृति विसङ्ति बिरुद्ध शसक्त रुपमा लाग्दै समतामुलक समाज निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । एक वर्ष सम्म संवाद केन्द्रमा भएको छलफलले आफुहरुले धेरै कुरा सिकेको र त्यो सिकेको कुरालाई ब्यवहारमा लागु गर्दै आफ्नो समुदायमा ब्याप्त सामाजिक समस्याहरु हटाउनको लागि आफुहरु लागेको उनीहरुले वताए ।

संजालकी संयोजक मण्डलले भनिन “आफ्नो समुदायमा बालबिवाह, दाइजो प्रथा, महिला तथा किशोरीहरुमाथी बिभिन्न तरिकाले हिंसा हुने गरेको, जातिय छुवाछुत अझै पनि कायम रहेको, म जस्ता धेरै किशोरीहरु बिद्यालय बाहिर रहेकोले यी समस्याहरुलाई हटाउदै सबैले आफ्नो अधिकार प्राप्त गर्न सक्ने छन् । हामी किशोरीहरु एकजुट भएर संजाल गठन गरेका छौ र समाजमा रहेका सबै नराम्रो संस्कार, सबै खालका हिंसाहरुलाई हटाएरै छाड्ने छौं ।”

संजालले आफ्नो १ वर्षे कार्ययोजना निर्माण गरेको छ र सोहि कार्ययोजना अनुसार आफ्नो समुदायमा रहेका सामाजिक कुरितिहरु बिरुद्ध अभियान, पैरवि, तालिम, अन्तरक्रिया जस्ता काम गर्ने किशाेरी संवाद कार्यक्रमका संवाद अधिकृत प्रकाश पाण्डेले वताए ।

संजाल गठन कार्यक्रममा संजाल के हो, यो किन अवश्यक छ, संजाल गठनका प्रक्रियाहरु, पदाधिकारिहरुको काम कर्तब्यको बारेमा संवाद अधिकृत पाण्डे र फिल्ड सुपरभाइजर उमा रायमाझिले जानकारी गराएका थिए ।

युरोपियन युनियनको आर्थिक सहयोग र नेपाल ग्रामीण पुर्ननिर्माण संस्थाको आयोजनामा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत संजाल पुर्नगठन गरिएकाे हाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स

माउन्ट मकालु स्कुलमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:213. Generation time:5.327 sec. Memory consumption:82.5 mb