32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

ठोरीको पिकनिक स्पोर्ट्समा चहलपहल सुरु

मेघराज राय //
जीराभवानी । ठोरीको पर्यटकीय स्थल तथा पिकनिक स्पोर्ट्सहरुमा चहलपहल सुरु भएको छ ।

दीपावली र छठ सकिएसँगै आन्तरिक पर्यटकहरुको आवतजावत सुरु भएको हो । आईतवार बिरगंज, कलैया, पोखरीया जीराभवानी पटेर्वासुगौली लागायतका स्थानका व्यक्तिहरु स परिवार आएर पिकनिक मनाएका थिए ।

शनिबार पनि ठोरीको पिकनिक स्पोर्ट्सहरुमा भिड रहेको थियो । भारतीय नागरिकहरु भने नेपाल प्रवेश नगरेको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहलले बताए ।

दाहालका अनुसार भारतीय एसएसबिले पनि निग्रानी गरिरहेको छ भने सशस्त्र प्रहरीहरुले पनि कडाइका साथ सीमामा निग्रानी गरेका छन ।

प्रत्येक वर्ष यो समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुको घुँइचो लाग्ने गरेको भएता पनि यस वर्ष भने बल्लतल्ल अलिअली आन्तरिक पर्यटकहरु आउन सुरु गरेको निर्मल ठोरी उपभोक्त समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।

ठोरी गाउँपालिका भित्रका विभिन्न गाउँटोलका व्यक्तिहरु पनि दैनिक जसो बनभोज मनाउन आउन थालेका छ्न् भने ठोरी बहिरका पनि छिटफुट सहभागीहरु आउने गरेका स्थानीयहरुको भनाइ छ ।

ठोरीको राइधारा, ठुटेखोला परिसर लगायतका स्थानहरु केही दिनदेखि भरिभराउ हुन थालेको छ । कोभिड १९ ले गर्दा नेपाल भारतको सीमा नाका औपचारिक रुपमा नै बन्द भएका कारणले भने भारतीय पर्यटकहरु भने ठोरी आउन पाएका छैनन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.276 sec. Memory consumption:82.52 mb