वीरगंज । नेकपा पर्सा जिल्ला सदस्य एवम् विन्दवासिनी गाउँ कमिटी सचिव मुकेश चाैरसियाकाे हत्यामा सलंग्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले पर्साकाे विन्दवासीनी गाउँपालिका वडा नं. ४ मधवल बस्ने बर्ष ३२ को उत्तम भन्ने निरंजन तिवारीलाई पक्राउ गरेकाे हाे । फरार रहेका तिवारीलाई बीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित इनर्वागाँउबाट आइतबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
बिन्दवासिनी गाउँपालिकाकाे वडा नं.५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा कार्तिक ०६ गते नेकपा विन्दवासिनी गाउँपालिका कमिटीकाे सपथ ग्रहण कार्यक्रममा दुई पक्ष बिच भएकाे झडपमा वाँसकाे भाठाले एक अर्कालाई प्रहार गर्ने क्रममा ३४ बर्षिय चाैरसिया घाइते भइ उपचारको क्रममा कार्तिक ७ गते न्यूरो अस्पतालमा मृत्यु भएकाे थियाे ।
उक्त घट्नामा सलंग्न रहेका घाइते भई नेशनल मेडिकल कलेजमा उपचारार्थ अवस्थमै कार्तिक ६ गते नै फरार भएका तिवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।