12 May 2025
KALIKATIMES.COM

चेन्नाईलाई राजस्थानले ७ विकेटले हरायाे

काठमाडाैं । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ ।

चेन्नाईले पेश गरेको १२६ रनको लक्ष्य राजस्थानले १८ औं ओभरमा ३ विकेट गुमाएर भेटायो । अबुधाबीमा सोमबार राति भएको खेलमा राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन योगदान गरे । कप्तान स्टिभ स्मिथ पनि २६ रनमा नटआउट रहे ।

राजस्थानको शुरुवात राम्रो थिएन । बेन स्टोक्सलाई तेस्रो ओभरमा दीपक चहारले आउट गरेका थिए । स्टोक्सले १९ रन बनाए । अर्को ओभरमा जोश हेजलवुडले रोबिन उथप्पाको विकेट लिए । ४ रन मात्रै बनाउन सकेका उथप्पा धोनीको हातबाट क्याच भए । पाँचौं ओभरमा दीपक चहारले सन्जु स्यामसनलाई धोनीकै हातबाट क्याच गराए । सन्जुले खाता नै खोल्न सकेनन् । तीन विकेट गुम्दासम्म राजस्थानको खातामा जम्मा २८ रन थियो ।

तर त्यसपछि भने कप्तान स्टिभ स्मिथ र जोश बटलरले खेलमा यूटर्न ल्याइदिए । यी दुईले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । बटलर म्यान अफ द म्याच चुनिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नाइ सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । कप्तान धोनीले रविन्द्र जडेजासँग मिलेर पाँचौ विकेटका लागि ५१ रन जोडे ।

जडेजा चेन्नाईका टप स्कोरर रहे । ३० बल सामना गरेका उनले चार चौकाको मद्दतमा नटआउट ३५ रन बनाए । धोनीले २८ र साम कुरानले २२ रन जोडे ।

जारी आईपीएलमा यो राजस्थानको चौथो जित र चेन्नाईको सातौं हार हो । जितसँगै राजस्थानको टोली अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाई अन्तिम स्थानमा छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स
SQL requests:214. Generation time:6.070 sec. Memory consumption:82.52 mb