10 May 2025
KALIKATIMES.COM

५ दिने घरेलु स्यानीटरी प्याड बनाउने तालिम सम्पन्न

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालीका वडा नं. २ गादीको थरगट्टी टोलमा ५ दिने घरेलु स्यानीटरी प्याड बनाउने तालिम सम्पन्न भएकाे छ ।  दिव्य यूवा क्लव, पर्सा र एक्सनएड नेपालको साझेदारीमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत दलित समुदायका किशोरी समुहका सदस्यहरुको लागि संचालित तालिम सम्पन्न भएकाे हाे ।

कुनै पनि विपत्को समयमा महिला तथा किशोरीहरु नै बढी मारमा पर्ने गरेको र सो विपद्को समयमा किशोरी तथा महिलाहरुकाे महिनावारी सम्बन्धी समस्यामा कसैको पनि ध्यान नजाने र उनीहरुले सो महिनावारीको समयमा स्वास्थ्यमा ध्यान नदिँदा पछि असर गर्ने हुनाले उनीहरुलाई सचेत गराई पसलमा किन्दा महंगो पर्ने स्यानीटरी प्याड भन्दा घरमा आफैले नै तयार गरेको र पटक पटक प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तालिम संचालन गरिएको दिव्य युवा क्लबले जनाएकाे छ ।

आर्थिक रुपमा निकै विपन्न समुदाय रहेको थरगट्टीका किशोरीहरुलाई सो तालिम दिनुको उद्देश्य उनीहरुलाई आर्थिक रुपमा सशक्त पनि बनाउनु रहेकाे क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए । संस्थाले १५ जना किशोरीहरुलाई तालिम दिएर ३ ओटा सिलाई मेसिन पनि सहयोग गरेको उनले जानकारी दिए ।

सो मेसिनबाट उनीहरुले आफ्नो सीपलाई व्यवसायमा समेत परिणत गर्न सक्नेछन् । जसरी हामीलाई महिनै पिच्छे नुन चाहिन्छ त्यसै गरि हरेक महिना स्यानीटरी प्याड पनि चाहिन्छ । आर्थिक कारण नै अस्वास्थ्य कपडाको प्रयोग गरी आफ्नो स्वास्थ्यमा खेलबाड भएको पनि थाहा नभईरहेको अवस्थामा संस्थाले सो किशोरीहरुलाई महिनावारी तथा सरसफाई सम्बन्धी क्षमता अभिवृद्धिका साथै प्याड बनाउने तालिम संचालन उनले जनाए । तालिमकाे सहजकिरण शोभा भुजेलले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:5.871 sec. Memory consumption:82.79 mb