11 May 2025
KALIKATIMES.COM

पोखरियामा शैक्षिक सामग्री तथा सेनेटरी प्याड वितरण

वीरगंज । बैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत आइतबार पोखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित रहेकाे श्री जिल्ला उच्चांगल राम देव कलवार नमुना माध्यमिक विधालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

कक्षा ९ र १० का ६२ जना विधार्थीहरुलाई एक कार्यक्रमका बिच कापी, कलम तथा छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको हाे । कोरोना माहामारीको कारण विधालयहरू बन्द रहेको बेलामा रेडियो, ईन्टरनेट, टिभी लगायतका बैकल्पिक माध्यमबाट सिकाई कक्षा संचालनमा रहेको र विधार्थीहरूलाई यस समयमा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको नगर प्रमुख दिपनरायण रौनियारले बताए ।

कार्यक्रम अन्तर्गत विधालयका ५ सय ४८ जना विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने नगर प्रमुखका स्वकिय सचिव राजु राैनियारले जानकारी गराए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा पोखरिया नगपालिकाकी उप मेयर सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत अमित गिरी, शिक्षा शाखा प्रमुख बल्लदेव भट्ट, समाजिक शाखाका नागेन्द्र साह, विधालयमा प्रधानाध्यापक वयाश महतो, प्रशासन शाखा प्रमुख बिजय कुमार झा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:8.790 sec. Memory consumption:82.47 mb