32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

सिगरेट वेस्ट मेनेजमेन्ट-३७१ प्रोजेक्ट वीरगंजमा सुरु

वीरगंज । वातावरण जिउने आधार संस्थाद्वारा साेमबार पत्रकार सम्मेलनको आयोजना गरि सिगरेट वेस्ट मेनेजमेन्ट -३७१ नामक परियोजना वीरगंजमा सुरु गरेकाे जनाएकाे छ । परियाेजना अन्तर्गत फालिएका चुटोटका ठुटाहरुलाई व्यवस्थापन गरि वातावरणलाई जोगाउनुको साथै रोजगारीसमेत पाउने संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले वताए ।
 
उनले चुटोटका ठुटा सडन १० बर्ष समय लाग्ने भएकोले यसलाई संकलन गरि चुरोटको ठुटामुक्त शहर बनाउन सकिने बताए ।यसको लागि संस्थाले बढी मात्रामा खपत हुने ठाउँमा भाडोको व्यवस्था गर्ने र प्रती केजि २०० का दरले खरिद गर्ने र त्यसबाट निस्कने बिष तथा निकोरिनलाई विघटन गरि रुईबाट सिरानी र डसना बनाउन सकिने बताए ।
 
एक हप्तामा एक मिलियन चुरोट संकलन भएको एक अनुसन्धानले देखाएको उनले जनाए । 
 
संस्थाले यश अघि पनि वातावरण सम्बन्धि शहर भित्र हाईवोमा, खाली जग्गामा र घर आगनमा कस्तो बोटबिरुवा लगाउनु पर्छ र यसले वातावरणलाई कस्तो प्रभाव पार्छ भनेर जानकारी गराएका थिए ।
 
त्यसै गरि सिर्सिया नदि बचाउ अभियान अन्तर्गत सिर्सियाको पानीले वातावरणलाई र जीवजन्तुका साथै मानिसको जिवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रोजेक्टरबाट जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको थियो ।
 
पत्रकार सम्मेलनमा संस्थाका केन्द्रिय उपाध्यक्ष रुपक पटेल, क्षेत्रीय अध्यक्ष आशुतोष चर्तुवेदी, पर्सा जिल्ला अध्यक्ष रोहित बर्णवाल, नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने, प्रदेश सदस्य जगत राई, सल्लाहकार राजन रौनियार लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:209. Generation time:4.784 sec. Memory consumption:82.3 mb