14 May 2025
KALIKATIMES.COM

कलैया सिटी जेसिजद्वारा दाेस्राे दिन पनि राहत वितरण

वीरगंज । कलैया सिटि जेसिसको आयोजनामा कलैयामा बिहिबारदेखि चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको छ । काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि लामाे समयदेखि जारी बन्दाबन्दीका कारण दैनिक रूमा जलादरी गरी खाने मानछेहरुलाई घरमा चूल्हाे बाल्ने समस्या भएकाेले राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको हो ।
 
अभियान अन्तर्गत कलैया उपमहानगरपालिका भित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न, गरिब, असहाय घरपरिवारलाई शुक्रबार एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि राहत सामग्रीहरु हस्तांतरण गरिएको छ । कलैया सिटि जेसिस सन २०२० का अध्यक्ष विपिन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ५१ जना अति विपन्न, गरिब, असहाय घरपरिवारलाई राहत वितरण गरीएकाे संस्थाका राजकुमार गिरीले जानकारी दिए ।
 
राहतमा चामल १० किलो, दाल १ किलो, सोयाबिन आधा किलो, नुन १ किलो, खाने तेल १ पाकेट, सलाही १ पाकेट वितरण गरिएको छ ।
 
उक्त कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष राजेश कुशवाहा, महासचिव जेसी शम्भु कुमार गुप्ता, पूर्व अध्यक्ष जेसी धनिलाल सर्राफ, मीडिया संयोजक जेसी अनिल कुशवाहा, जेसी बैजु दास, जेसी सुभाष जसवाल, जेसी लुकमान खान लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजक जेसी पवन कुशवाहाले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:208. Generation time:5.333 sec. Memory consumption:82.21 mb