29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

शृंखलाबद्ध दलित हत्या विरुद्धको आन्दोलन जारी रहन्छ : संघर्ष समिति

वीरगंज । प्रहरी हिरासत मै रहेका बेला रौतहट गरुडाका विजय रामको मृत्यु भएको घटनाको विरोधमा ईलाका प्रहरी कार्यालय गरुडाको अगाडी पूर्व मन्त्री विश्वेन्द्र पासवान, राष्ट्रिय सभाका पूर्व सदस्य रामप्रित पासवान र संजय कुशवाहा आमरण अनसन बसेका छन ।

स्थानिय दलित समुदायको अगुवायीमा आयोजित आन्दोलनमा ऐक्यबदता जनाउदै विश्वेन्द्र पासवान ६ दिनदेखि आमरण अनसनमा बसेका छन भने रामप्रित पासवान र संजय कुशवाहा दुई दिन देखि अनसन बसेको दलित संघर्ष समितिका संयोजक सोनालाल रामले बताए ।

संघर्ष समितिका संयोजक सोनालाल रामले आफूहरुको माग सम्बोधन नभए सम्म संघर्ष जारी राख्ने समेत बताए ।

आमरण अनसन बसे कै स्थलमा समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा रामले मृतक निरंजन राम र विजय रामलाई शहीद घोषणा गर्नु पर्ने, मृतकद्वयको हत्याकाण्डको निस्पक्ष छानविनको लागि दलित आयोग र मानव अधिकार आयोगको सदस्यहरू सम्मेलित उच्च स्तरीय छानबिन समिति गठन गर्नु पर्ने, घटनामा संलग्न दोषी प्रहरी अधिकृतहरुलाई निलम्बन गरी कारवाही गर्नु पर्ने लगायतको हाम्रो माग रहेको बताए ।

गरुडामा जारी दलित आन्दोलनमा राष्ट्रिय दलित पत्रकार संघ पर्सा र बाराका सञ्चारकर्मी प्रतिनिधिहरू अनसन स्थलमा पुगी आन्दोलन प्रति एक्यवद्धता जाहेर गरेको राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.228 sec. Memory consumption:82.52 mb