32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

बहुदरमाईका मेयर साहसहित एक सय ३ जना काेराेना मुक्त

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् ।

बहुदरमाईका मेयर साहसहित एक सय ३ जना काेराेना निकाे भएकाे नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए । नगपालिकाका १२४ संक्रमित मध्ये १६ महिलासहित १०३ जनाकाे रिपाेर्ट बुधबार काेराेना नगेटिभ आएकाे संयाेजक उप्रेतीले जानकारी गराए ।

उनका अनुसार २१ जनाकाे रिपाेर्ट दाेस्राे पटक पनि पाेजिटिभ आएकाे छ । जसमा ३ जना महिला र एक स्वास्थ्यकर्मी रहेका छन् ।

साउन २४ गते काेराेना संक्रमित भएका मेयर साहकाे तेस्राे पटकाे रिपाेर्ट काेराेना नगेटिभ आएकाे हाे । काेराेना संक्रमित भएपछि हाेम आइसाेलेसनमा बस्दै आएका मेयर साह २५ दिनमा काेराेना निकाे भएका हुन् ।

यस्तै काेराेना निकाे हुनेमा नगरपालिकाकाे वडा नं. ४ का वडाध्यक्ष रामरेखा सिंह र ४ जना स्वास्थ्यकर्मीसमेत रहेका छन् ।

काेराेना निकाे हुनेमा ५४ जना नगरपालिकाकाे आइसाेलेसमा बस्दै आएका थिए भने वाकी संक्रमित हाेम आइसाेलेसनमा थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.514 sec. Memory consumption:82.51 mb