12 May 2025
KALIKATIMES.COM

युरिया मल वितरण

वीरगंज । अनाेखि साना किसान कृषि सहकारी संस्था लि. वीरगंज ११, पर्साले किसानहरूलाई युरिया मल बिक्री वितरण गरेकाे छ ।

वीरगंजस्थित जिल्ला समन्वय समिति, पर्सा आगाडीबाट संस्थाले ५० बोरा युरिया मल बिक्री वितरण गरेको हो । रु ८ सयमा किसानहरूलाई मल बिक्री गरिएको संस्थाकी अध्यक्ष रानी देवीले बताइन । एकजना किसानलाई एक बोराको दरले युरिया मल उपलब्ध गराइएको उनले जानकारी गराइन ।

युरिया मलकाे अभाव भएका कारण पर्साकाे ग्रामिण भेगका किशानहरु पनि वीरगंजमा मल खरिद गर्न पुगेका थिए । साल्ट ट्रेडिङले आफ्ना डिलरलाई उपलब्ध गराएकाे ५० बाेरा मल भ्याए जति वितरण गरिएकाे संस्थाका नरेश जयसवालले वताए । उनले धेरै किशानहरु मल वितरण स्थल पुगेर पनि मल नपाएर फिर्ता गएकाे वताए । 

यसैगरी, पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २, गदियानीमा पनि युरिया मल वितरण गरिएकाे छ । लालिगूराश कृषक समूह भेडिहारीले ३० बाेरा यूरिया मल वितरण गरेकाे हाे । 

कृषक समूहलाई साल्ट ट्रेडिङले जिल्ला प्रशासन कार्यालयकाे सिफारिसमा उलब्ध गराइदिएकाे मल वितरण गरिएकाे समूहका अध्यक्ष ओमप्रकाश साहले जानकारी दिए । 

उनले भने “हाम्राे वडामा साल्ट ट्रेडिङकाे डिलर नभए पनि यहाँकाे कृषकहरुकाे समस्यालाई ध्यानमा राखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगंजका प्रमुख अमाेज लामिक्षाने सरले उपलब्ध गराइदिनु भएकाे मल वितरण गरेका छाैं । यहाँकाे कृषकहरुलाई एक/एक बाेराे मल वितरण गर्दा पनि सबैले पाउन सकेका छैनन् । युरिया मलकाे अभाव कायमै रहे पनि केही कृषकहरुलाई राहत भएकाे छ ।”

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.272 sec. Memory consumption:82.44 mb