32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

प्रसाैनीमा एक सय ५७ जनाद्वारा रक्तदान

वीरगंज । बाराकाे प्रसौनी गाउँपालिकाकाे वडा नं. ४ खुटुवास्थित जब्दी बथानी चाैकमा भएकाे आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी नेपाल, प्रसौनीको आयोजनामा भएकाे कार्यक्रममा १ महिलासहित एक सय ५७ जनाले रक्तदान गरेका छन् । 

न्यू स्टार नेशनल यूवा क्लबकाे सहकार्यमा भएकाे कार्यक्रममा समिता देवी, सलमान खान, सगीर हवारी, शनी साह, दिपक गुप्ता, निकु गुप्ता, राधेश्याम गुप्ता, प्रमोद साह, मनजित गुप्ता, महान्नद साह, सुनिल साह लगायतले रक्तदान गरेका छन् ।

न्यू स्टार नेशनल यूवा क्लबका अध्यक्ष शुभाष गु्प्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उदघाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले गरेका थिए ।

साे कार्यक्रममा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष गिता साह, वडाध्यक्ष आन्नद कुमार गुप्ता, बैजु गुप्ता, सुरेश गुप्ता, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतकाे उपस्थिती रहेको थियो ।  

काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी निषेधाज्ञा कारण रक्त संचार केन्द्रमा भएकाे रक्तकाे परिपूर्ति गर्न वृहत रक्तदान कार्यक्रम भएकाे स्थानिय अकबर हवारीले वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:217. Generation time:12.505 sec. Memory consumption:82.52 mb