32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

बहुदरमाईका मेयरकाे दाेस्राे पटककाे रिपाेट पनि काेराेना पाेजिटिभ

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे मेयर नितेन्द्र साहकाे दाेस्राे पटककाे रिपाेटपनि काेराेना पाेजिटिभ आएकाे छ ।

मेयर साहसहित २५ जना संक्रमितकाे दाेस्राे पटक पिसिआर परिक्षण गराउदा २० जनाकाे रिपाेट नगेटिभ र ५ जनाकाे पाेजिटिभ आएकाे नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेतीले जानकारी दिए ।

दाेस्राे पटक पनि रिपाेट पाेजिट आउनेमा मेयर साह, एक स्वास्थ्यकर्मी र अन्य ३ जना रहेका छन् । 

रिपाेट नगेटिभ आएका २० जनालाई बिहिबार सांझ नै गाउँपालिकाकाे सेमि आइसाेलेसनबाट डिस्चार्जसमेत गरिसकिएकाे संयाेजक उप्रेतीले जनाए ।  मेयर साहकाे रिपाेट पाेजिटिभ आएपनि स्वास्थ्य अवस्था ठिक रहेकाे उनले वताए ।

 मेयर साहसहित २५ जनामा साउन २४ गते काेराेना भाइरस संक्रमण पुष्टि भएकाे थियाे । 

३ जना नयाँ संक्रमित थपिए
बहुदरमाई नगरपालिकामा शुक्रबार ३ जना नयाँ संक्रमित थपिएका छन् ।

साउन ३२ गते ३० जनाकाे स्वाब संकलन गरि नारायणी अस्पतालमा पिसिआर परिक्षणकाे लागि पठाउदा ३ जनाकाे रिपाेट पाेजिटिभ आएकाे संयाेजक उप्रेतीले जानकारी गराए ।

उनका अनुसार संक्रमित हुनेमा २०, २९ बर्षका पुरुष र १८ बर्षकी महिला रहेका छन् ।   

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.549 sec. Memory consumption:82.52 mb