32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

बहुदरमाईका ८७ सहित थप ११७ जनामा काेराेना संक्रमण पुष्टि

काेराेना परिक्षणकाे लागि बहुदरमाई नगरपालिकामा स्वाब संकलन गरिदै । फाइल तस्बिर

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाकाे ८७ जनासहित थप एक सय १७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा ३५ महिलासहित एक सय १७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमित हुनेहरुमध्ये वीरगंज महानगरपालिकाकाे वडा ५, १०, १२, १५, १६ तथा २५ का ९ जना, नारायणी वयोधा अस्पतालमा कार्यरत २ जना, जिराभवानी गाउँपालिका वडा नं २ का ३ जना र वडा नं ३ का १ जना गरि ४ जना रहेका छन् ।

यस्तै बहुदरमाई नगरपालिकाका १९ महिलासहित थप ८७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

संक्रमित हुनेमा बहुदरमाई नगरपालिकाकाे वडा नं. २ का १५ जना, वडा नं. ३ का ४ जना, वडा नं. ५ का ६५ जना, वडा नं. ६ का एक जना र वडा नं. ९ का २ जनामा संक्रमण फेला परेकाे नगरपालिकाका स्वास्थ्य संयाेजक बिदुर उप्रेती जानकारी दिए ।

३ सय ३७ जनाकाे स्वाब संकलन गरि पिसिआर परिक्षण गराउदा ८७ जनाकाे रिपाेट काेराेना पाेजिटिभ आएकाे संयाेजक उप्रेतीले जानकारी गराए । संक्रमण पुष्टि हुनेमा एक जना स्वास्थ्यकर्मीसमेत रहेकाे उनले जनाए ।

 भारतीय महाबणिज्य दूतावासका एक महिला कर्मचारीमा पनि काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

संक्रमित हुनेमा छिपहरमाई वडा नं. ५ का पनि एक जना रहेका छन् । संक्रमण पुष्टि हुनेहरु ७ बर्ष देखि ७० बर्ष उमेर समूहका रहेका छन् । याैसंगै पर्सामा संक्रमितको संख्या १ हजार ५ सय ८९ पुगेको छ ।

यस्तै नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराका ८ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा श्री चण्डीनाथ गणका नेपाली सेना ४ जना, कलैया उप-महानगरपालिका वडा नं. १ का १ जना, जितपुरसिमरा नगरपालिकाका २ जना तथा प्रसौनी गाऊँपालिका २ का १ जना रहेका छन ।

त्यसैगरी सप्तरी जिल्लाका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयाेगशालाले जनाएकाे छ ।

पर्साको ग्रामीण भेगका पालिकाहरुमा पनि पिसिआर परीक्षणको दायरा बढाएसँगै वीरगंज महानगरपालिका बाहेकका अन्य पालिकाहरुमा पनि संक्रमण पुष्टि हुनेको संख्यामा बृद्धि भएको हो ।

मंगलबार राति अबेरसम्म आएको पिसिआर रिपोर्ट अनुसार सबै भन्दा बढी बहुदरमाई नगरपालिकाकाे नागरिकहरुमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने १ सय १७ जना मध्ये ८७ जना बहुदरमाई नगरपालिकाकाे मात्रै रहेका छन् भने बाँकी वीरगंज महानगरपालिका लगायत बारा जिल्लाका रहेका छन् ।

यस अघि मंगलबार पनि बहुदरमाई नगरपालिकाकाे एक वडाध्यक्षसहित २५ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.133 sec. Memory consumption:82.48 mb