वीरगन्ज । कोरोना महामारीबाट वीरगन्जलाई बचाउन माग गर्दै युवाहरुले बुधबारदेखि अभियान थालेका छन ।
वीरगन्जका युवाहरूले कोरोना महामारीबाट वीरगन्जलाई बचाउनका लागि माग गर्दै समाजिक सन्जालमा पम्प्लेट सार्वजनिक गरेर अभियान थालेका हुन । समाजिक संजालमा सक्रिय युवाहरुले आफ्नो घरमै बसेर सरकारको विरुद्ध गर्दै वीरगन्ज बचाउन अभियान थालेको बताएका छन ।
गएको एक सातादेखि वीरगन्जमा उपचार नपाएर अनाहकमा ज्यान गुमाइरहेका आम जनताको जीव ज्यानको सुरक्षाका लागि दबाब अभियान थालिएको उनीहरुले भनाइ छ ।
युवाहरुले समाजिक संजालमा कोरोनागन्ज के मुख्यमन्त्री कहाँ छि अहा , वीरगन्जबासी माफ गर्नुहोला, तपाईले सम्पर्क गर्नु भएको तिनै तहका सरकार भ्रष्टाचार र दलालीमा ब्यस्त छ, हाम्रो कोरोना कस्तो मुख्यमन्त्री लालबाबु र स्वास्थ्यमन्त्री भानुभक्त जस्तो, नारायणी अस्पतालका मेसुको काम बैठकमात्र कि जनताप्रति जवाफदेहिता पनि जस्ता बिरोधको पम्प्लेट आफ्नो सामाजिक संजालमा सार्वजनिक गरिएको अभियानका मेराजुल हवारीले बताए ।
उनले वीरगन्जलाइ अहिले कोरोना महामारीबाट बचाउनका लागि सडकमा नगएर आफ्नो समाजिक संजाल मार्फत दबाब मुलुक अभियान थालिएको बताए । अभियानमा वीरगंजका युवा मित्रदेव यादव, जुबेर आलम, शिवशंकर यादव लगायत सहभागि छन् ।
प्रतिक्रिया लेख्नुहोस