13 May 2025
KALIKATIMES.COM

नेवि संघ पर्साका नेता विकास तिवारी प्रहरी नियन्त्रणमा

वीरगंज । नेपाली कांग्रेस निकटकाे विद्यार्थी संगठन नेवि संघ पर्साका जिल्ला सभापति विकास तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

फेसबुकमा स्टेटस लेखेका कारण पर्सा प्रहरीले तिवारीलाई वीरगंज रानीघाटस्थित उनकाे घरबाट नियन्त्रणमा लिएकाे नेवि संघका नेेताहरुले जनाएका छन् । यसभन्दा पहिलापनि साेमबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका सभापति तिवारीसहित ३ जनालाई प्रहरीले दिन भरी नियन्त्रणमा लिएर राती ११ बजे छाेडेकाे थियाे ।

तिवारीलाई विभिन्न वहानामा चाैथाे पटक प्रहरीले पक्राउ गरेकाे नेवि संघका नेताहरुकाे भनाई छ ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुँवरले अनुसन्धानकाे लागि तिवारीलाई नियन्त्रणमा लिएकाे जनाए । उनले साइबार क्राइममा अनुन्धानकाे लागि नियन्त्रणमा लिएकाे वताए । तर कस्ताे किसिमकाे साइबर क्राइम भने खुलाएनन् ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:5.493 sec. Memory consumption:82.48 mb