28.3 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

नगर प्रमुख सरावगीको स्वास्थ्य अवस्था सामान्य

वीरगञ्ज । बिहिबार कोरोना सङ्क्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
काठमाडौँस्थित आफ्नो घरमै होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको स्वास्थ्य अवस्था सामान्य रहेको सरावागिगका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा नगरप्रमुख सरावगी आइसीयुमा भर्ना भएको भनेर आएका खबरमा कुनै सत्यता नभएको द्विवेदीले बताए । ‘भर्खरै केहि समय अगाडी मैले मेयर सा’बसँग कुरा गरे,’ द्विवेदीले भने, ‘उनी एक्दमै स्वस्थ छन् र छिट्टै जनताको सेवामा फर्किने छन् ।’
नगरप्रमुख सरावगी घाटीमा समस्या आएपछि उपचारका लागि काठमाडौँ पुगेका थिए । उपचारको क्रममा उनलाई ज्वरो आएपछि कोरोना सङ्क्रमणको शङ्का लागेर बुधबार काठमाडौँमै पिसिआर परिक्षण गराएका थिए । बिहिबार उनमा कोरोना पोजेटिभ देखिएको सरावगीका प्रेस सल्लहाकार गोविन्द देवकोटाले बताए ।
देवकोटाले नगरप्रमुख सरावगीको सुगर लेबल अलि बढेपनि अक्सिजन लेवल भने सामान्य रहेले चिन्ता लिनुपर्ने कुनै विषय नरहेको बताए । सरावगीलाई पछिल्लो २४ घण्टामा ज्वरो समेत नआएको देवकोटाले जानकारी दिएका छन् ।
‘अहिले मेयर सा’बको स्वास्थ्य अवस्था सामान्य छ, सुगर लेबल अलिकति बढेको भएपनि अक्सिजन लेबल सामान्य छ, पछिल्लो २४ घण्टामा ज्वरोपनि आएको छैन,’ देवकोटाले भने, ‘उनि काठमाडौँस्थित आफ्नो निजि निवासमा रहेको आइसोलेसनमा छन्, चिन्ता लिनुपर्ने कुनै विषय छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:213. Generation time:4.276 sec. Memory consumption:82.48 mb