12 May 2025
KALIKATIMES.COM

बहुदरमाईस्थित कलवारकाे घरमा प्रहरीकाे छापा, गाँजा बरामद

वीरगञ्ज । पर्साकाे बहुदरमाई नगरपालिकाबाट प्रहरीले ४५ किलो गाँजा बरामद गरेको छ । नगरपालिकाे वडा नं.-९ बिश्रामपुरस्थित धनिलाल साह कलवारको घरमा शनिबार छापा मारेर प्रहरीले गाँजा बरामद गरेको हो ।

यसअघि साउन ७ गते पाँच किलो गाँजासहित पक्राउ परेका साेही ठाउँका ४५ वर्षीय शम्भु साह कलवार र २२ वर्षीय अनिलकुमार कलवारको अनुसन्धानका क्रममा थप गाँजा बरामद भएको हो ।

गाँजासहित दुबै जनालाई पक्राउ गरी ल्याउने क्रममा प्रहरी र स्थानियहरु बिच झडपसमेत भएको थियो । गाँजा तस्करीमा संलग्न ३ जना मध्ये २ जना पक्राउ परेको र १ जना धनिलाल साह कलवार फरार रहेकोले प्रकाउ गर्न उसको घरमा प्रहरी पुग्दा उनीसहित घरका सबै मान्छे फरार भएकाे प्रहरीले जनाएको छ ।

धनिलाल कलवारको घरमा कोई नभएको अवस्थामा ४५ किलाे गाँजा बराम्मद भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:3.417 sec. Memory consumption:82.47 mb