12 May 2025
KALIKATIMES.COM

मधेसी महिला अपमान गर्ने कार्यक्रम प्रसारण गरेकाे भन्दै क्षेत्रीविरुद्ध उजुरी

वीरगञ्ज । टेलिभिज कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्री तथा कान्तिपुर टेलिभिजनविरुद्ध उजुरी दर्ताका लागि दरखास्त पठाइएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘ह्वाट द् फ्लप’को गत जुन २५ तारिखमा प्रशारित श्रृखंलामा सम्प्रेषण गरिएको सामाग्रीले मधेसी समुदाय र विशेषगरि मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै स्थानीय युवाहरुले उजुरी दर्ताका लागि हुलाक मार्फत निवेदन पठाएका हुन् ।

बुधबार विहान जिल्ला हुलाक कार्यालय पर्सामामार्फत वीरगञ्जका युवाहरुले कार्यक्रम प्रस्तोता क्षेत्री, कान्तिपुर टेलिभिजन, टेलिभजनका सम्पादक प्रसान्त अर्याल, कार्यक्रम संयोजक सुरेश सिंह ठकुरी र कान्तिपुर समुहका निर्देशक कैलाश सिरोहिया विरुद्ध उजुरी दर्ताकालागि काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुलाई निवेदन पठाएका छन् ।

उजुरी मार्फत मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ६५ र उपदफा (१) बमोजिम मधेस र मधेसीलाई अपमानित गर्ने खालका सामाग्री सम्प्रेषण गर्ने टेलिभिजनका प्रस्तोता, निर्माता विरुद्ध कारबाहीको माग गरिएको छ ।

“मधेसी समुदाय र विशेषगरी मधेसी महिलाको अस्मितामा चोट पुर्याउने र अपमान गर्ने विषयबस्तु प्रसारण गरि मजाक बनाएको कारण हामीले सन्दीप क्षेत्री विरुद्ध उजुरी हालेका छौँ” उजुरी दर्ता गराउँन पुगेका अधिकाकर्मी एवम् स्थानीय युवा नेता ओमप्रकाश सर्राफले बताए ।

उनले मधेसी समुदायलाई जिस्काउने र बेईज्जति गर्ने खालका विषयवस्तुलाई राखेर बनाइएको उक्त कार्यक्रमले मधेसीहरुको स्वाभिमानमा ठेस पुगेको बताए ।

सर्राफले प्रहरीद्वारा कारवाही नगरिए क्षेत्री र कान्तिपुर टेलिभिजन विरुद्ध सडक संघर्ष समेत गरिने भने ।

जाहेरी दिनेमा सरार्फ सहित अशोक कुमार कुशवाहा, वृजेश्वर प्रसाद चौधरी, आशु सर्राफ, लालबाबु सिंह, किसन सर्राफ, अमिता साह, श्याम कुमार सर्राफ, निशा गुप्ता र ओम कुमार झा रहेका छन् ।

क्षेत्री र कान्तिपुर टेलिभजनविरुद्ध यसैगरि जनकपुर, विराटनगर र कपिलवस्तुबाटपनि बिहीबार उजुरी दर्ताका लागि निवेदन पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:4.901 sec. Memory consumption:82.48 mb