28.3 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

प्रदेश सांसद कलवारकाे संसदिय विकासकाे निर्माण कार्यमा अनियमितता

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ झलमहियामा प्रदेश सरकारकाे सांसदिय विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेकाे नाला तथा सडक ढलानमा मापदण्ड विपरित काम राेकिएकाे छैन् ।

प्रदेश सांसद सिंघासन साह कलवारकाे सांसदिय बिकास कार्यक्रम अन्तर्गत रु ५० लाखकाे लागतमा निर्माण भइरहेकाे नाला तथा सडक ढलानमा अनियमितता भइरहेकाे स्थानियहरुले वताएका छन् ।

उपभाेक्ता समितिमार्फत भइरहेकाे नाला निर्माण कार्यमा दुई नम्बर सम्मकाे इटा प्रयाेग भएकाे थियाे ।

दुई नम्बर इट्टा प्रयाेग भइरहेकाे गुनासाे भाैतिक पूर्वधार विकास कार्यालय सम्म पुगेपछि त्याे राेकिए पनि छरहरु इस्टिमेट विपरित फराकिलाे बान्धनु र सिमिन्टकाे कम प्रयाेग राेकिएकाे छैन् ।

बिना हाेडिङ्ग बाेर्ड जडानकाे मापदण्ड विपरित भइरहेकाे कामकाे इस्टिमेट देखाउन स्थानियहरुले माग गर्दा समेत उपभाेक्ता समितिले देखाएका छैनन् ।

दुई नम्बर इट्टा प्रयाेगकाे गुुनाेसाे म कहाँ आए पछि मैले स्वयं अनुगमन गरेकाे पूर्वाधार विकास कार्यालयका इन्जिनियर विकास मिश्राले वताए । अहिले स्टिमेट अनुसार नै काम भइरहेकाे दाबी इन्जिनिय मिश्राले गरे ।

उनका अनुसार ६-६ इन्चमा छर बान्धनु पर्ने इस्टिमेट भए पनि एक/एक फिटमा बांधिएकाे स्थानियहरुले वताएका छन् ।

२३६-२३६ मिटर दुबै साइडमा नाला निर्माण र दुई सय ३६ मिटर सडक ढलानकाे याेजना रहेकाे छ ।

यस्तै प्रदेश सांसद कलवार कै संसदिय विकास कार्यक्रम अन्तर्गत छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वास्थित शिव मन्दिरमा भइरहेकाे काम पनि मापदण्ड विपरित भइरहेकाे छ ।

उपधाेक्ता समिति मार्फत नै ९ लाखकाे याेजना अन्तर्गत भइरहेकाे कामकाे इस्टिमेट माग्दा पनि उपलब्ध नगराइएकाे र सिमेन्ट मापदण्ड विपरित प्रयाेग भइरहेकाे स्थानियहरुकाे गुनासाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:217. Generation time:10.701 sec. Memory consumption:82.53 mb