40.8 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

पटेर्वा सुगाैलीमा निर्माण भएकाे महिला प्रहरी भवनकाे उद्घाटन

वीरगंज । इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीमा निर्माण भएकाे महिला प्रहरी भवनको शुक्रबार उद्घाटन भएको छ । गाउँपालिकाबाट १५ लाखकाे लागतमा निर्माण भएकाे भवनकाे गाउँपालिका अध्यक्ष हरिनारायण चाैधरी एवं जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले संयुक्त रुपमा उद्घाटन गरे ।
उद्घाटन समारोहमा प्रहरी उपरिक्षक पन्तले महिला प्रहरीका लागि छुट्टै भवन निर्माण भएकोमा खुशी व्यक्त गरिन् । प्रउ पन्तले इप्रका, पटेर्वासुगौलीमा महिला प्रहरीको दरबन्दी नभए पनि महिला प्रहरी भवन निर्माण गरिएको कारण एक साताभित्र दुईजना महिला प्रहरी खटाउने प्रतिबद्धता जाहेर गरिन्।
उनले जिल्लामैं महिला प्रहरीको सङ्ख्या ७० मात्र रहेको बताउँदै सो अपुग भएको बताइन्। उनले पर्सामा कम्तीमा दुई सय महिला प्रहरी आवश्यक रहेको जिकिर गरिन्। महिला प्रहरीको अभावमा वीरगंज महानगरबाहेक पोखरिया नगरपालिकामा मात्र महिला प्रहरी खटेकाे वताइन ।
गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गापा उपाध्यक्ष ममता महतो, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवार, शिक्षक सुभाष दास लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन लेखा प्रमुख एवं प्रहरी सहायक निरीक्षक सुभाष यादवले गरेको थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:209. Generation time:5.761 sec. Memory consumption:82.29 mb