वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं १६ नगवा, २२ जगरनाथपुर, २८ बगही, ३० लालपर्सा टोलमा बसोबास गर्दै आईरहेका गरिब तथा अति बिपन्न बस्तीमा बिहिबार राहत वितरण गरिएकाे छ ।
इम्पाेराेभिन लाईभ इन नेपालकाे आर्थिक सहयोगमा ४५ दिन भित्रका ५३ जना सुत्केरी आमाहरुका लागि पोषण तथा सरसफाई समाग्री राहत स्वरुप वितरण गरिएकाे युवालयका सदस्य जया साहले वताए ।
कोरोना भाईरसको कारण विश्व नै आतकिंत भएको साथै नेपालमा लकाडाउनको लगभग ३ महिना बितिसक्दा पनि सो ४५ दिन भित्रका सुत्केरी आमाहरुको समुदायमा अहिले सम्म कही कतैबाट पोषण तथा सरसफाई समाग्री राहत नपाएको पछि युवालय नामक गैर सरकारी संस्थाको समन्वयमा राहत बितरण गरेकाे उनले जानकारी गराए ।
सो बस्तीमा दैनिक मजदुरी गर्दै आएका ती परिवारमा भएका सुतकेरी आमाका लागि पोषण तथा दैनिक सरसफाईको समाग्री अभाव भएको जानकारी पाएपछि बाल अधिकारकर्मी तथा युवालयका कार्यसमिति सदस्य जया साहको बिशेष पहलमा इम्पाेराेभिन लाईभ इन नेपालकाे आर्थिक सहयोगमा पोषण तथा सरसफाई समाग्री राहत वितरण गरेको हो ।
सम्बन्धित स्वास्थ्य संस्थासंग समन्वय गरि सुतकेरी आमालाई ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई महिनाको पहिलो चरणमा १५ दिनका लागि १ करेट अण्डा, प्रत्येक दिन आधि केजी दुध, कपडा धुने साबुन १ पिस, डिटवल १ पिस राहत बितरण भएको जानकारी दिए ।
दैनिक ज्याला मजदुरी मात्रै गरेर आफनो घर परिवारको छाक टार्दै आएका बस्तीमा पहिलोे चरणको राहत बितरण गरेको तथा अगामी १५ दिन दिन पछि पनि राहत बितरण जारी राख्ने सदस्य साहले जानकारी दिए ।
इम्पाेराेभिन लाईभ इन नेपाल आर्थिक सहयोग तथा युवालयको समन्वयमा थप ११ वटा वडाहरुमा यसै गरि ३० दिन सम्मका लागि प्रत्येक परिवारलाई बितरण गरिने उनले जानकारी गराए ।