वीरगंज । पर्साको बिन्दवासिनि गाउँ कार्यपालिका कार्यालय अगाडी बुधबार अनेरास्ववियूका विद्यार्थी नेताहरुले बिरोधमा प्रदर्शन गरेका छन् ।
सतारुढ दल नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु आवद्ध बिन्दवासिनिका नेता कार्यकर्ताहरुले गाउँपालिकाको बिरोधमा प्रदर्शन गरेको हुन् । अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरावही गरेको भन्दै बिरोध प्रदर्शन गरिएकाे हाे ।
काेरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही गर्दै अब्यवस्थित क्वारेन्टाईन, स्वास्थ्य सामाग्रीको अभाव, जनतालाई सास्ती लगायतका बाब्जुद जनप्रतिनिधिहरुको बिलासीमा रमाईरहेको भन्दै विद्यार्थि नेताहरुले दवावस्वरुप ध्यानआकर्षण गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु यस्तो विषम परिस्थितीमा पनि बिलासितामा रमाएर जनताको समस्याहरुको सुनुवाई नगरेको अनेरास्ववियूकाे आराेप छ ।
अनेरास्ववियुका विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पार्दर्शि गर, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद लगायतका नाराअंकित प्ले कार्ड सहित नाराबाजि गरेका थिए । बिराेध प्रदर्शनकाे क्रममा विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर्न १ हप्ते अल्टिमेटम समेत दिएको बिराेध प्रदर्शनमा सहभागि अनेरास्ववियूका नेता कल्सरिफ गद्दीले वताए ।
साथै एक हप्ता भित्र स्पष्टिकरण नदिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि उनले जानकारी गराए ।
बिराेध प्रदर्शनमा अकलेश साह, सुधिर कुमार पण्डित, रामबाबु मण्डल लगायत दर्जनाैं विद्यार्थि नेताहरुको सहभागिता रहेको थियो ।