वीरगंज । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितकाे संख्या ५ हजार ७ सय ६० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतम थपिएका नयाँ संक्रमितहरुमध्ये मोरङमा २५, सुनसरीमा १, झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९ , सर्लाहीमा ६ जना, रौटहटमा २५ ,नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४, डोटीमा ३, कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३/३, रुकुम पश्चिममा २ , प्युठानमा २, दाङमा ५४ जना रहेकाे जनाए ।
त्यसैगरी धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलापरासी पश्चिमका २जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् । हालसम्मको संक्रमित जिल्ला ७३ रहेको छ ।