28.3 C
Birgunj
16 May 2025
KALIKATIMES.COM

मेयर सरावगीका छाेरा केशवले पनि गरे वीरगंज महानगरलाई सहयाेग

वीरगंज । वीरगंज माहनगरपालिकाका मेयर बिजय कुमार सरावगीका छोरा केशव सरावगीले पनि वीरगंज माहानगरलाई सहयाेग गरेका छन् ।

मेयर सरावगीले कोरोना उपचारका लागि आह्वान गरेको कोषमा उनकै छोराले आइतवार एक महीनाको तलब सहयोग गरेका हुन्

वीरगंजमा कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि सहयोग पुर्‍याउन सरावगीले नगरवासीलाई आह्वान गरेका थिए ।

काेराेना विरुद्धकाे लडाईमा महानगरलाई पिसिआर मेसिन, भिटिएम किट लगायतका सामग्री खरिद गर्न मेयर सरावगीका छाेरा केशवले आफ्नो एक महिनाको तलब नगद रु.५१ हजार सहयाेग गरेकाे महानगरकाे कार्यालयले जनाएकाे छ ।  केेशवले महानगरपालिकाकाे कार्यालय मै पुगी मेयर सरावगीलाई आज नगद सहयाेग रकम हस्तान्त्रण गरेका हुन् ।

यस्तै आजै नेपाल भ्यालुभर्स एशोशिएसन वीरगंज च्यापटरले महानगरलाई सहयाेग गरेकाे छ । बिश्वब्यापी कोरोना महामारी विरुद्धको अभियानमा पर्साबासीको लागि पि.सि.आर. मेसिन र टेस्ट कीट खरिदकाे लागि महानगरलाई रु ४५ हजार सहयाेग गरेका मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।

सहयाेग रकम बराबरकाे चेक भ्यालुभर्स एहशाेसियसनका प्रतिनिधि महानगरपालिकाकाे कार्यालयमा पुगी मेयर सरावगीलाई हस्तान्तरण गरेकाे हाे ।

महानगरले वीरगञ्जमा कोरोना परीक्षण, क्वारेन्टाइन र अस्पताल व्यवस्थापनका लागि स्रोत अभाव भएको भन्दै सयोगको आह्वान गरेको छ ।

महानगरको आह्वानमा कोरोना कोषमा हालसम्म रू.६० लाख ५५ हजार रकम जम्मा भएको महाननगरले बताएको छ । महानगनरले दाताहरूको सहयोगमा पीसीआर जाँच उपकरण खरीदको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क

वीरगंजमा तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न

कालिका टाईम्स
SQL requests:216. Generation time:7.620 sec. Memory consumption:82.51 mb