वीरगंज । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ३० जनालाई आईतवार घर पठाइएकाे छ ।
विभिन्न मितीमा भारतबाट आएकाहरूलाई क्ववारेन्टाइनमा राखिएकाे थियाे ।
गत जेष्ठ १४ गतेकाे स्वाब संकलन गरि पिसीआर विधीबाट गरिएकाे काेराेना परिक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ आएपछि घर पठाइएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राैनियारले जानकारी दिए ।
श्री दिपनारायान माबि औराहा पचगावाको क्वारेन्टाइनमा रहेका मध्ये पिसिआर रिपाेर्ट नगेटिभ आएका ३० जनालाई घर पठाइएकाे उनले वताए ।
यस्तै छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ८२ जनालाई घर पठाइएकाे छ । भिस्वास्थित श्री मंगल माविकाे क्वारेन्टाइनबाट ३८ जना, तुल्सीबर्वास्थित श्री नेरा प्राविकाे क्वारेन्टाइनबाट ४८ जना र बुडगाईकाे क्वारेन्टाइनबाट ४ जनालाई घर पठाइएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले जानकारी दिए ।
सबै जनाकाे पिसिआर रिपाेर्ट नगेटिभ आएपछि घर पठाइएकाे उनले वताए ।