32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

तलब नपाएकाे बिराेधमा बिन्दवासिनी गाउँपालिकामा तालाबन्दी

पाेखरिया । पर्साको बिन्दवासिनी गाउँपालिकाका १३ जना कर्मचारीहरु आज देखी गाउँपालिका कार्यालय बहुअवर्वा भाटठामा तालाबन्दी गर्दै कार्यालय अगाडी नेै धर्नामा बसेका छन् ।

आफुहरुको ११ महिनाको तलब बाकी रहेको र पाउनु पर्ने मांग राख्दै गाउँपालिकाको कार्यालय अगाडी बिहान १० बजे देखी धर्नामा बसेको कर्मचारी रमेन्द्रनाथ तिवारीले बताए ।

बिगत ११ महीना देखी काम गर्दै आएका एक दर्जन कर्मचारीहरुको तलब भता नपउदा निजहरुको घरपरिवार सहित बालबच्चा पनि चिन्तामा पर्दै बिचलित भएका छन । घरपरिवार चलाउन समस्या भएका कारण बाध्य भएर तालाबन्दी गर्न बाध्य भएको धर्नामा बसेकी महिला विकास शाखामा कार्यरत कर्मचारी कुमारी बिन्दु चौरसियाले बताइन ।

१३ जना कर्मचारीहरुले एक प्रेस बिज्ञप्ती जारी गर्दै मांग पुरा नभए हामी कार्यरत कर्मचारीहरु गाउँपालिकाको गेट अगाडी नै बिष सेवन गरी आत्महत्या गर्न विवस हुने हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । त्यसको सम्मपुर्ण जिम्मेवारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको हुने समेत जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको बोर्ड बैठक र परिषदबाट समेत निर्णय भई कार्यभार गर्दै आएका कर्मचारीहरुको तलबभता ११ महिना देखी रोकेर राख्नु नपर्ने स्थानिय जनप्रतिनीधीहरु बताएका छन । लगातार काम गर्दै र हाजिरी समेत गर्दै आएका कर्मचारीहरुको तलबभता नरोक्ने जनाईएको छ ।

करारमा नियुक्त पशु स्वास्थ्य कार्यकर्ता ३ जना, समाजिक परिचालक ४ जना, महिला विकास शाखामा कार्यरत एक जना, ज्यालदारी कार्यरत ४ जना कार्यालय सहयोगी र १ जना ज्यालदारीमा कम्पयुटर अपरेटर समेत गरी १३ जना तलब नपाएकाे भन्दै आन्दाेलित भएका छन् ।

यसैगरी यसै किसिम्मका २५ जना कर्मचारीहरु मध्ये १२ जनालाई गाउँपालिकाले ८ महिनाको तलबभता खुवाएको छ भने १३ जनाको ११ महिनाको तलबभता नदिएका कारण समस्या उत्पन भएको हो । गाउँपालिका अध्यक्ष सित नजिक रहेका १२ जना कर्मचारीहरुले तलबभता ८ महिनाको खाएको समेत आन्दोलित कर्मचारीहरु बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.065 sec. Memory consumption:82.52 mb