12 May 2025
KALIKATIMES.COM

गणतन्त्र दिवसको अवसरमा पाेखरियामा रक्तदान

वीरगंज । नेपालको १३ औं गणतन्त्र दिवसको अवसर आज पाेखरियामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

पोखरिया नगरपालिका कार्यालय, रेडक्रस सोसाइटी पोखिरीय उपशाखा, ईलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प र पोखरिया अस्पतालको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

रेडक्रस पोखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रम पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कँडेललाई रक्तदान गर्ने ब्याग हस्तान्त्रन गरी उद्घाटन गरेका थिए ।

कोरोना महामारी रोग बढदै गएकोले रक्तदान कार्यक्रममा कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयाेजना गर्ने आयाेजक र रक्तदाताहरुलाई नेपाल रेडक्रस सोेसाइटी पर्सा शाखाका सभापति कँडेलले धन्यवाद व्यक्त समेत गरे ।

कार्यक्रममा रेडक्रस पर्सा मन्त्री शैलेन्द्र कुमार चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, हृदय नारायण कुर्मी, धर्मेन्द्र चौरसिया, बृजेश तिवारी, राजु रौनियार, सुदिप कुर्मी लगायतले रक्तदान गरेकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।

रक्तदान कार्यक्रममा पुर्व सभासद रामेश्वर प्रसाद रौनियार, प्रधुमन चाैहान, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह, सशस्त्र प्रहरी निरिक्षक हरी सिंह विष्ट, पोखरिया अस्पतालका मेसु अनिल कुमार यादव लगायतकाकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन रेडक्रस पाेखरिया उप शाखाका कोषाध्यक्ष विनोद गिरीले गरेका थिए ।

रक्त संचार केन्द्रका धिरेन्द्र झा नेतृत्वकाे टाेलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:6.810 sec. Memory consumption:82.49 mb