14 May 2025
KALIKATIMES.COM

दया फाउन्डेशनकाे सहयाेगमा गम्हरियामा राहत वितरण

वीरगंज । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ को गम्हरीया टोलमा रहेका अति विपन्न, गरीब परिवारलाई राहत आज सामाग्री वितरण गरीएको छ ।

दया फाउन्डेशनको आर्थिक सहयोग तथा भीसिएन नामक संस्थाको समायोजनमा गम्हरीयाटोलका गरीब, लोपुन्मुख अति विपन्न ३६ परिवारलाई राहत सामाग्री वितरण गरीएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो । लकडाउन भएको समयदेखी नै  मारमा परेका उक्त टोलका ज्याला मजदुरी गरी जिविका चलाउने अति विपन्न परिवारलाई राहत वितरण गरिएकाे समाजिक अभियान्त थारुले जानकारी गराउनुभयाे ।

राहतमा चामल १५ किलाे, दाल, आलु, तेल, नुन, हात धुने साबुन लगायत सामग्री वितरण गरिएकाे सामाजिक अभियन्ता थारुले बताउनुभयो ।

स्थानीय केही युवाहरुले गाउँमा कोरोनाको माहामारी भन्दा भोकमरीले मर्ने अवस्था सिर्जना भएको भन्दै सहयोगको आग्रह गरेपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा भिसीएन नामक संस्थाले ३६ परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

भीसीएन नामक संस्थाका अध्यक्ष दिपक चापागाई र उपाध्यक्ष राधा मतांगीले गरीब परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको थियाे ।

सामाजिक अभियन्ता थारुले वडा नम्बर १ को गम्हरीया टोलमा राहत बाडीएपनि उक्त टोल वरीपरीका बेल्डारी ,पकडीटोला लगायतका स्थानमा अझ सम्म पनि स्थानीयहरुले राहतको नाममा केही नपाएको र सहयोगको आवश्यक्ता रहेको बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:6.035 sec. Memory consumption:82.5 mb