14 May 2025
KALIKATIMES.COM

युवा नेता सरार्फद्वारा विपन्नलाई राहत सहयोग

वीरगञ्ज । कोरोना भाईरसका (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जारी लक डाउनले प्रभावित वीरगञ्जका अति बिपन्न परिवारहरुलाई आज युवा नेता एवं समाजिक अभियन्ता ओमप्रकाश सरार्फले राहत बितरण गर्नुभएको छ ।

नेता सर्राफले दुई दर्जन अति बिपन्न परिवार तथा डेरा गरि बस्ने मजदुर परिवारलाई व्यक्तिगत खर्चमा प्रती परिवार आठ किलो चामल, दाल लगायतका राहत समाग्री बितरण गर्नुभएको हो ।

सर्राफले बिगतमा पनि घर दैलोमा गई मासक साबुत बितरण, जन चेतनामूलक कार्यक्रम, अति प्रभावितहरुलार्ई राहत बितरण गर्दै आउनुभएको थियाे । सर्राफको अभियानमा किसु सरार्फ, संजय पटेल, रन्जित पटेल, बिबेक श्रीवास्तव लगायतले सहयोग गर्दै आएका छन ।

अहिले सम्म सात हजार मास्क, साबुन र विभिन्न संस्थाको सहयोग तथा निजि ब्यवस्थापनमा करिब चार सय परिवारलाई राहत बितरण गरि सकेको अभियन्ता सरार्फले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:5.930 sec. Memory consumption:82.49 mb