12 May 2025
KALIKATIMES.COM

कालाेबजारी आराेपमा लागेका अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

काठमाडौं । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते  नक्सालबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२  अनुसार कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

कालोबजारी ऐन अन्तर्गतको १ वर्षसम्म कैद हुने मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्ने कानूनी व्यवस्था भए पनि जिल्ला सरकारी  वकिल कार्यालयले अग्रवालविरुद्ध १ वर्ष भन्दा बढी कैद सजाय माग गरेकाले मुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भन्सार र सुरक्षाकर्मीको व्यवहारप्रति व्यापारीको गुनासो

कालिका टाईम्स

सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउन महानगर र उद्योगीको हातेमालो

न्युज डेस्क

वीरगंजका खुद्रा व्यवसायीको समस्याप्रति विउवासंघ गम्भिर

न्युज डेस्क
SQL requests:216. Generation time:3.150 sec. Memory consumption:82.58 mb