12 May 2025
KALIKATIMES.COM

पर्साकाे ग्रामिण भेगमा लकडाउन पालना गराउन प्रहरीद्वारा थप कडाई

पाेखरिया । पर्साकाे सदरमुकाम बीरगंजमा आइतबा थप २ जना कोरोना संक्रमित पुष्टि भए पछि लकडाउनको पालनामा ग्रामिण भेगमा भईरहेको अवहेलनालाई आज देखी प्रहरी प्रशासनले थप गम्भीर भई कडाईका साथ प्रस्तुत भएको छ ।

अहोरात जीवज्यानको बाजी लगाई खटिने प्रहरीलाई छली गरी लकडाउन उलंघन गर्ने साईकल चालक, मोटरसाईकल र बिना कारण घरबाट बाहिर आउने जाने गर्नेलाई ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका सबै युनिटहरु थप कडाईका साथ प्रस्तुत भएका छन् ।

बिभिन्न बाहानामा निस्कनेलाई लखेटेर घर सम्म पुर्‍याउने गरिएको र साईकल मोटरसाईकलका हावालाई खुसकाई घर फर्काउने गरिएको प्रहरीले जनाएको छ । आज बिहान केही बेर लकडाउनको उलघंन गर्नेको संख्या सडकमा देखिए पनि प्रहरीले कडाईका साथ बिहान ७ बजे देखी प्रस्तुत भए पछि पोखरीया, बिन्दवासिनी, बहुअरीपिडरी, गर्दाैल, धोबिनी, भिखमपुर, भिस्वा, सबैठवा, पकहामैनपुर, प्रसौनिभाटठा, झौवागुठी, बिरनचीवर्वा, भेडिहारीका सडकहरु एकदमै सुनसान देखिएको छ ।

आज ८ बजे देखी पुर्ण रुपमा लकडाउनको पालना भएको समेत महशुस भएको बिन्दवासिनी गाउँपालिका वडा नमबर ५ का वडाध्यक्ष सुकदेव यादवले बताउनु भयाे ।

यस्तै किसिम्मको कडाईका साथ नै प्रस्तुत हुन जरुरी रहेको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले बताउनु भएको छ । रौनियारका अनुसार प्रहरीप्रशासनले दिनरात आफनो जीवज्यानको बाजी लगाएर हाम्रै लागी खटिरहेको अवस्थामा पनि आफ्नै खुट्टामा बन्चरो हान्ने गरी लकडाउनको उलघन गरी सडकमा साईकल मोटरसाईकल चलाई र भिडभाडमा सहभागी भई ज्यान जोखिममा पारिरहेको उचित नरहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.582 sec. Memory consumption:82.48 mb