35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

नेता रुगंटाद्वारा नारायणी अस्पतालमा स्वाब संकलन गर्न स्क्रिनिंग बुथ जडान

वीरगन्ज । नेपाली काँग्रेसका नेता एवं उद्यमी अनिल कुमार रुगंटाको सहयोगमा वीरगन्जको नारायणी अस्पतालमा पहिलो पल्ट (कोभिड-१९) को भाइरस परिक्षणका लागि स्वाब संकलन गर्नको लागि स्क्रिनिंग बुथ जडान गरिएको छ ।

चिकित्सकहरुको सुरक्षाको ध्यानमा राखेर नेता रुगंटाले कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गर्नमा सहजता होस् भने उदेश्यले अस्पतालमा स्क्रिनिंग बुथ जडान गरेका हुन् । नेता रुंगटा आफ्नै उपस्थितमा शनिबार अस्पतालको आकस्मिक कक्षको मुख्य गेटमा स्क्रिनिंग बुथ जडान गरी अस्पतालका मेडिकल सुपरिटेन्डेड डा.मदन प्रसाद उपाध्यायलाई हस्तान्तरण गरे ।

बुथ हस्तान्तरण कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष जगत साह कानु, सानो पाईलाका निर्देशक कंचन झा, नेवि संघ पर्साका निवर्तमान अध्यक्ष दिलिप राज कार्की लगाएको सहभागिता रहेको थियो ।

कार्यक्रममा पूर्व सांसद समेत रहेको नेता रुगंटाले (कोभिड-१९) को संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन स्वागत योग्य रहेको बताउँदै शंकास्पदहरुको जाँचको दायरा फराकिलो नबनाउदा सम्म यसको कुनै अर्थ रहने भएकोले जाँचको दायरा फराकिलो बनाउन माग गरे ।

अस्पताललाई हस्तान्तरण गरिएको स्क्रिनिंग बुथ आवश्यक्ता अनुसार सार्न मिल्ने गरि फोल्डीङ्ग स्टिम बुथ बनाईएको छ ।

कोरोनाको आशंका भएका बिरामीले स्वास्थकर्मीमाथी नै अव्यवहारीक व्यवहार गर्न थालेपछि चिकित्कसहरुको सुरक्षाको लागि स्क्रिनिगं बुथ निर्माण गरिएको हो । स्वाब संकलन गर्दा चिकित्सक बुथ भित्र र बिरामी बाहिर रहने छन् । यसरी बुथबाट स्वाब संकलन गर्दा चिकित्सकलाई संक्रमणको जोखिम न्युन हुन्छ ।

बुथमा एर्जेस्ट फ्यान, एलईडि बल्ब, माईक, स्पिकर, चिकित्सकका लागि पञ्जा लगायतका सामाग्रीहरुको व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:6.103 sec. Memory consumption:82.49 mb