14 May 2025
KALIKATIMES.COM

नर्सिङ ट्रेड कन्सर्न्सद्वारा खाद्यान्न सहयोग

वीरगंज । लगातारको लक डाउनका कारण दैनिक ज्याला गरी जीवन गुजारा गर्ने परिवार संकटमा परेपछि वीरगंजको त्रिमुर्ती चोकमा रहेको पेट्रोनास मोबिलको प्रदेश नम्बर २ स्तरीय डिलर नर्सिङ ट्रेड कन्सर्न्सले खाद्यान्न सहयोग गरेको छ ।

ट्रेड कन्सर्नका सञ्चालक विजय सिंहले १ सय ५० परिवारलाई आज खाद्यान्न वितरण गर्नुभएको हो । वीरगंज महानगरपालिका वडा नम्बर ११, १२ र १३ का विपन्न र दैनिक मजदुरी गरी जीवन गुजारा गर्ने परिवारलाई सिंहको सहयोगमा राहत वितरण गरिएको हो ।

राहत वितरण गर्न ११ नम्बर वडाका प्रतिनिधि मुस्तकिम हवारी, युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिन, पवन ठाकुर, त्रिनेस गिरी, रुपेस सिंह, सावीर हवारी, जगु महत्तो लगायतको सहभागिता रहेको थियो । चामल, दाल, विस्कुट र चाउचाउ लगायतको दैनिक उपभोग्य वस्तु वितरण गरिएको वताइएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:8.514 sec. Memory consumption:82.49 mb