वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा फेरी २ जना थपिएका छन् । गाउँपालिकाले भिस्वामा निर्माण गरेकाे २० बेडकाे क्वारेन्टाइनमा हाल ११ जना रहेकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे ।
भिस्वा स्थित श्री मंगल माध्यमिक विद्यालयमा रहेकाे गाउँपालिकाकाे क्वारेन्टाइनमा पहिला देखी ९ जना रहेकाे र फेरी थप २ जनालाई राखिएकाे अधिकृत साहले जानकारी गराउनु भयाे । क्वारेन्टाइनकाे अनुगमन तथा निरिक्षण गर्दै अधिकृत साहले क्वारेन्टाइनमा रहेकाहरुकाे खाना, नास्ता र स्वास्थ्य परिक्षणमा स्वास्थ्यकर्मीलाई ध्यान दिन निर्देशन समेत दिनु भयाे ।
क्वारेन्टाइनमा राखिएकाहरुकाे गाउँपालिकाकाे तर्फबाट नै खाना, नास्ता लगायतकाे सम्पूर्ण थाेककाे प्रबन्ध गरिएकाे उहाँले जानकारी गराउनु भयाे ।
यस्तै कालिकामाई गाउँपालिकाकाे क्वारेन्टाइनमा ४ जना थपिएका छन् । गाउँपालिकाले निर्माण गरेकाे ८ बेडकाे क्वारेन्टाइनमा हाल ६ जना रहेकाे स्वास्थ्य चाैकी बिरन्चीबर्वाका प्रमुख निरन्जन चाैरसियाले वताउनु भयाे ।
जसमा भारतबाट आएका हरिहरपुरका २ जना पहिला देखि नै रहेकाे र फेरी बिरन्चिबर्वाका जनकपुरबाट आएका ३ जना र काठमाण्डाैबाट आएका एक जनालाई राखिएकाे प्रमुख चाैरसियाले जानकारी गराउनु भयाे ।
श्री नेरा प्रावि हरिहरपुरमा बनाईएको क्वारेन्टाइनमा इन्फ्रारेड थर्मोमिटर सहितको सुबिधा रहेको गाउँपालिकाले जनाएको छ ।

यता बहुदरमाई नगरपालिकाकाे वडा नं. २ मा पनि क्वारेन्टाइन निर्माण गरिएकाे छ । श्री ने.रा. आधारभुत बिद्यालय सिसियाडी बैरियामा नगरपालिकाबाट १० बेडकाे सुबिधा सम्पन्न क्वारेन्टाइन तयार भएकाे विद्यालयका प्रअ विजय साहले वताउनु भयाे ।
खाना, नास्ता, पानीकाे सुबिधा सहित सरसफाइ राम्राे भएकाे क्वारेन्टाइन तयार भएकाे प्रअ साहले जानकारी गराउनु भयाे । तयार भएकाे क्वारेन्टाइनमा २४ घण्टा स्वास्थ्यकर्मीकाे निगरानीमा राखिने र सुरक्षाकाे लागि प्रहरी समेत खटाइने उंहाले वताउनु भयाे ।
तयार भएकाे क्वारेन्टाइनकाे वडाध्यक्ष लगायतकाे एक टाेलीले अनुगमन समेत गरेकाे छ । अनुगमनकाे क्रममा वडाध्यक्ष जितेन्द्र पटेलले तयार भएकाे क्वारेन्टाइनमा अझै १० बेड थप गरी २० बेडकाे बनाइने वताउनु भयाे । साे अवसरमा स्वास्थ्य अधिकृत बिदुर उप्रेती, नगरपालिकाका प्रतिनिधि संजय साह, स्थानिय शिक्षक प्रदिप कुमार साह समेत उपस्थिती रहेकाे थिए ।
यस्तै धाेबिनी गाउँपालिकाले पनि २० बेडकाे क्वारेन्टाइन बनाएकाे छ । श्री कालि प्रसाद लेखा मावि लंगडीमा बनाइएकाे क्वारेन्टाइनमा ६ जना रहेकाे गाउँ कार्यपालिका कार्यालयले जनाएकाे छ ।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ (काेराेना भाइरस) संक्रमणबाट बाच्न पालिकाहरुले क्वारेन्टाइन बनाएर सावधानी अपनाएका हुन् । पालिकाहरुले बाहिरबाट आएकाहरुलाई स्थानिय स्तर कै क्वारेन्टाइनमा केही दिन राखी काेराेना भाइरसबाट बाच्न सावधानी अपनाएकाे देखिन्छ ।