14 May 2025
KALIKATIMES.COM

बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।

साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:5.998 sec. Memory consumption:82.49 mb